१ सय ९१ जना नेपालीको मृ$त्यु

काठमाडौं – विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस कोभिड १९० संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृ$त्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले नि!धन भएको हो। विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ। ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको हो। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ। संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमि आएको छ। यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ। समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमित क्रमश संक्रमणमुक्त हुँदै गएको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माले जानकारी दिए।
संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको छ। ती सबै आइसोलेसनमा रहेका छन्। लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन्। हालसम्म नेपालसहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। संघका अनुसार शनिबार साँझसम्म ५८ हजार नेपाली स्वदेश फर्किएका छन्। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस