Techie IT

भारतमा ठुलो व्यवसायीको छवि बनाएका अछामका एन.के.सिंह पक्राउ

६८४ करोड रुपैयाँ ठगी गरेको आरोप


भारतमा व्यवसायीका रूपमा पहिचान बनाएका नेपाली मूलका व्यवसायी एन.के. सिंह ६८४ करोड ठगी मुद्दामा पक्राउ परेका छन् ।

एन.के. सिँहका नामले परिचित नन्दलाल केसर सिंहलाई मुम्बई क्राइम ब्रान्चले भारतको पञ्जी स्किमबाट ६८४ करोड रुपैयाँ ठगी गरेको आरोपमा मङ्गलवार पक्राउ गरेको हो ।

फिनोमिनल ग्रुप आफ कम्पनीको अध्यक्ष सिंहलाई दक्षिण मुम्बईको एक पाँच तारे होटेलबाट क्राइम ब्रान्चको युनिट–७ ले आइतबार हिरासतमा लिएको र त्यसपछि लातूर पुलिसको आर्थिक अपराध शाखालाइ सुम्पिएको भारतीय सञ्चार माध्यममा खबर रहेको छ । ।

सिंह विरुद्ध सन २०१८ मा आइपिसी को धारा ४२०, ४६८, ४७१, ४०९ र ३४ को तहत महाराष्ट्र जम्माकर्ताहरूको हित संरक्षण एमपीआईडी अधिनियम को धारा ३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

२०१८ देखि फरार सिंह गिरफ्तारीबाट बच्न उनले विभिन्न स्थान परिवर्तन गर्दै आएका थिए । उनी विगत दुई वर्षदेखि संयुक्त राज्य अमेरिका, बेलायत र पश्चिम नेपालको धनगढीमा बस्दै आएको दाबी गरिएको छ ।

क्राइम व्रान्चका एक अधिकारी अनुसार सिंहले फेनोमेनल हाउजिङ फाइनान्स लिमिटेड, फेनोमेनल प्लान्टेशन लिमिटेड, फेनोमेनल हेल्थ केयर सर्विसेज आदिमा लगानी गर्नको लागी लगानीकर्तालाई उक्साएर उनीहरूलाई आकर्षक प्रतिफलको आश्वासन दिएर ६ सय ८४ करोड रुपैयाँ ठगी गरेका छन् ।

सिंहको गिरफ्तारीलाई लिएर भारतका विभिन्न मिडियाले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

ठगी आरोपमा पक्राउ परेका एन.के.सींह सिंह उर्फ नन्दलाल केसर सिंह अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा जन्मिएका हुन् ।

भारतको मुम्बईमा रहँदै आएका सिंहले अछाममा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गरेका थिए ।

अछाम उद्योग वाणिज्य संघ अछामको भवन निर्माण र बान्नीगढी बर्दादेवी मन्दिरमा दसैँ घर निर्माणका लागी सिंहले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।


क्याटेगोरी : पत्रपत्रिका, बान्नीगढी बिशेष, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस