Techie IT

तलब वृद्धि गरिएपछि सरकारी कर्मचारीमा खुशीयाली


आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटमार्फत तलब वृद्धि गरिएपछि सरकारी कर्मचारीमा खुशीयाली छाएको छ । अर्थमन्त्री खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएका थिए ।

कर्मचारीको तलव वृद्धिसँगै सर्वत्र चर्चा भयो कि उच्चपदस्थ पदाधिकारी र समस्त जनप्रतिनिधिको तलव पनि स्वतः बढ्छ । सञ्चारमाध्यमहरुले राष्ट्रपति प्रधानमन्त्रीदेखि संसदसम्मको तलव कति पुग्ने भयो भनेर हिसाब निकाले । तर, यथार्थमा भने उनीहरुको तलव बजेटले नबढाएको अधिकारीहरुले बताएका छन् । बजेटले केवल ‘सरकारी कर्मचारी’को मात्र तलब बढाएको हो, जसमा निजामति कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरु मात्रै पर्छन् । onlinekhabar


क्याटेगोरी : अन्य, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!