Techie IT

काँग्रेसको जनजागरण अभियान जयगढ बाट यसरी शुभारम्भ भयो(कुराकानि सहीत फोटो फिचर )


नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जनजागरण अभियान आजबाट देशभर एकसाथ प्रारम्भ गरिएको छ ।

विपि कोइरालाको १ सय ६ औं जन्म जयन्तीको सन्र्दभमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपेर सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियान सुरु गरिएको हो । यसै बिच जयगढमा पनि एक कार्यक्रमका बिच जागरण अभियानको शुभारम्भ गरिएको छ । अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख को आयोजनामा जयगढमा बृक्षारोपण तथा बिपि कोईरालाको तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रम सुभारम्भ गरिएको हो ।

काँग्रेसका प्रदेश सभा सँयोजक डम्बर बहादुर स्वारको अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि गोवीन्दराज जोशीको प्रमुख आथित्यतामा बृक्षरोपण तथा माल्यार्पण गरिएको थियो । यसै बिच जयगढमा भएको एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका सभापती भरत कुमार स्वारले प्रदेश सभामा जनजागरण अभियान कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

जनजागरण कार्यक्रमले काँग्रेसको सँगठन बिस्तार हुनुका साथै काँग्रेस अछाममा बलियो रुपमा प्रस्तुत हुने सभापति स्वारले अपेक्षा गर्नु भएको छ । जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षा लगायतका कार्यक्रम हुने सभापती स्वारले उल्लेख गर्नुभयो । यसै बिच हामीले काँग्रेसको जनजागरण कार्यक्रमका  बिषयमा प्रदेश सभा सँयोजक डम्बर बहादुर स्वारसँग कुराकानी गरेका छौ ।

 


क्याटेगोरी : अन्य, राजनीति, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!