महाकाली पारी अलपत्र परेकालाई प्रवेश गराउन सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिको आग्रह

सुदूरपश्चिम प्रदेशका ९ वटै नेपाली कांग्रेस जिल्ला सभापतिले महाकाली पारी अलपत्र परेका नेपालीलाई तत्काल प्रवेश गराउन सरकारलाई आग्रह गरेका छन्। शुक्रबार एक संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले नेपालीलाई बिना कुनै हेलचक्रयाइ प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरेका हुन।
भारतबाट आएकाहरु अलपत्र परेको अवस्थामा आफ्नो ध्यानआकर्षण भएको भन्दै विज्ञप्तिमा भनीएको छ, ‘यो घटनाक्रमले हामी सारभौम सत्ता सम्पन्न नेपाली नागरिकको सरासर जन्मसिद्ध अधिकार र मौलिक हक हनन् भएको हामीले अनुभुती गरिरहेका छौं।
त्यसकारण हामी, हाल विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिम प्रदेश लगायतका समस्त नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई कुटनितिक पहलमार्फत अहिलेको संकटबाट जोगाउन सबैको उचित रेखदेख र व्यवस्थापन गर्नको लागि प्रान्तीय र संघीय सरकारलाई आग्रह गर्दछौं। त्यस्तै, महाकाली नदि पारी धार्चुलास्थित नेपाल–भारतको सिमानामा आएर केही दिन अघि देखी रोकिएका नेपाली नागरिकलाई राज्य पनि आफू साथ रहेको महसुस गराउन सरकारले ति अप्ठ्यारोमा परेका नागरिकलाई बिना कुनै हेलच्क्रयाइ प्रवेश गराउनुका साथै निजहरुको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत अनुरोध गर्दछौं।’
साथै उनीहरुले गरिब, उत्पीडित, असहाय र दैनिक ज्यालादारीगरी गुजारा गर्ने मजदूर लगायतलाई तत्काल राहत वितरण गर्न समेत माग गरेका छन्। ‘प्रदेश सरकारले यथाशीघ्र उल्लेखित सबैखाले महत्वपूर्ण श्रोत–साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल नभई नहुने सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनीएको छ।
यस्तो छ विज्ञप्ति:
प्रेस विज्ञप्ति
विश्वभर महामारीको रुपमा प्रभाव बढाउदै गएको कोरोना भाइरसलाई मुलुकमा थप फैलिन नदिनको लागि नेपाल सरकारले यहि चैत्र ११ गते देखी “लकडाउन“को घोषणा गरी आफ्ना नागरिकहरुलाई आफ्नै घरमा सुरक्षित रहन गरिएको आग्रह सह्रानीय छ। सरकारको यस कदमलाई प्रतिपक्ष र आम नेपाली जनताले पुर्णतः आत्मसात गर्दै आइरहेका छन्। संघीय सरकारका कदमलाई झैं प्रान्तीय सरकारद्वारा कोरोना संक्रमण रोकथामका गतिविधिमा समेत प्रतिपक्ष सरकारकै साथमा हातेमालो गर्दै आइरहेको यथार्थ हामी माझ छ।
भारतसँग सीमाना जोडिएको र ठूलो संख्यामा रहेका बेरोजगार नेपालीहरु बाध्यतावस रोजगारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेको हामी सामु कटु सत्य छ। वर्तमान परिस्थितिमा यस सुदूरपश्चिम प्रदेशका नागरिकहरु महाकाली नदि पारी आफ्नो देशको सिमानामा आएर आफ्नै मुलुकमा प्रवेश गर्न नपाएको दर्दनाक अवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो घटनाक्रमले हामी सारभौम सत्ता सम्पन्न नेपाली नागरिकको सरासर जन्मसिद्ध अधिकार र मौलिक हक हनन भएको हामीले अनुभुती गरिरहेका छौं।
मुलुक स्वास्थ्य सम्बन्धी गंभीर समस्यामा रहेको बेलामा आम नागरिकलाई अभिभावकत्व प्रदान गर्ने विषयमा कुनै पनि तहको सरकार किन्चित चुक्नु हुँदैन। त्यसकारण हामी, हाल विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिम प्रदेश लगायतका समस्त नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई कुटनितिक पहल मार्फत अहिलेको संकटबाट जोगाउन सबैको उचित रेखदेख र व्यवस्थापन गर्नको लागि प्रान्तीय र संघीय सरकारलाई आग्रह गर्दछौं।
त्यस्तै, महाकाली नदि पारी धार्चुलास्थित नेपाल–भारतको सिमानामा आएर केही दिन अघि देखी रोकिएका नेपाली नागरिकलाई राज्य पनि आफू साथ रहेको महसुस गराउन सरकारले ति अप्ठ्यारोमा परेका नागरिकलाई बिना कुनै हेलच्क्रयाइ प्रवेश गराउनुका साथै निजहरुको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत अनुरोध गर्दछौं।
सुदूरपश्चिम सरकारसँग प्रशस्तै बजेट रहदारहदै र प्रतिपक्ष लगायत सबै क्षेत्र विशेषका सरोकारवालाले सरकारलाई हरेक दृष्टिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दागर्दै पनि यहाँको जनताले स्वास्थ्य र संक्रमण सर्नबाट बच्न सामान्य साधनहरु जस्तै माक्स र सेनिटाइजर नपाउने, गरिब, उत्पीडित, असहाय र दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदूर लगायतले बाँच्नको लागि थोरै भएपनि राहत समेत प्राप्तगर्न नपाउने, नागरिक स्वास्थ्यका लागि अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुले गुणस्तरयुक्त पीपीई नपाउने र यो विषम परिस्थितिमा अहोरात्र खटिने सुरक्षाकर्मीले चेकजाँच गर्दा आफ्नो सुरक्षार्थ अति आवश्यक सामाग्री नपाउने, पत्रकारहरुले जिविका धान्न वैकल्पिक बाटो नपाउने अनि जिल्लास्तरमा कोरोना संक्रमणको परिक्षण गर्न नपाउने जस्तो कहाली लाग्दो वास्तविकता हाम्रो लागि अत्यन्तै दयनीय र लज्जास्पद विषय हो।
यति हुदाहुदै पनि सबै कुरा सहेर बस्ने आम नागरिकको स्वास्थ्य प्रति ढिलै भएपनि आउँदा दिनहरुमा गंभीरताका साथ जिम्मेवारीपुर्वक प्रस्तुतहुन सुदूरपश्चिम प्रदेश सरकारको हामी ध्यानाकर्षण गराउन चाहन्छौं। तसर्थ, प्रदेश सरकारले यथाशीघ्र उल्लेखित सबैखाले महत्त्वपूर्ण श्रोत–साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल नभई नहुने सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्दछौं।
साथै, यस सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन“ अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्ण सुदूरपश्चिमवासीहरुमा विनम्रतापुर्वक आग्रह गर्दछौं।
जय नेपाल।
१. कर्णबहादुर मल्ल, प्रदेशसभा सदस्य तथा नपाली काँग्रेस डडेल्धुरा
२. कविराज पण्डित, नपाली काँग्रेस बाजुरा
३. भरत बहादुर स्वाँर, नपाली काँग्रेस अछाम
४. हर्कजंग बहादुर सिंह, नपाली काँग्रेस बझाङ
५. प्रदीप देउवा, नपाली काँग्रेस डोटी
६. ललित सिंह बोहरा, नपाली काँग्रेस दार्चुला
७. नरेन्द्र सिंह थापा, नपाली काँग्रेस बैतडी
८. हरिप्रशाद बोहरा, नपाली काँग्रेस कंचनपुर
९. नर नारायण शाह, नपाली काँग्रेस सभापति कैलाली
मितिः २०७६ चैत्र २१ गते
दिनेश खवरबाट
क्याटेगोरी : अन्य, मुख्य समाचार, राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस