Techie IT

साँफेबगर नगरपालिकामा स्वास्थ्य केन्द्रित बजेट : ६० करोड ८५ लाख बढीको बजेट प्रस्तुत


साँफेबगर नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पाँचौ नगर सभा मार्फत नगरपालिकाको आर्थिक बर्ष २०७७।७८ को निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७।७८ को बार्षिक निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखीएको छ ।

जस अन्र्तगत बयालपाटा अस्पतालका लागी ७० लाख रकम बिनियोजन गरिएको छ । भने कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागी स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड २३ लाख रकम बिनियोजन गरिएको छ ।

नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बष २०७७।७८का लागी ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गर्नु भएको थियो ।

कुल बजेट मध्य चालु तर्फ २२ करोड ६९ लाख र शसर्त तर्फ ३६ करोड ७१ लाख बजेट रहेको छ ।

बिश्व कोरोना घाईरसका कारण आक्रान्त बन्दै गएको र कोरोना नियन्त्रणका लागी अझै समय लाग्ने देखीएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनुभयो ।

यस्तै अछाम जिल्ला संगै छिमेकि जिल्लाका नागरिकहरुलाई निशुल्क गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको बयालपाटा अस्पतालको सेवा प्रवाह सहजता तथा आर्थिक व्यवस्थापनमा लागी ७० लाख बजेट बिनियोजन गरिएको नगर प्रमुख कुँवरले बताउनु भएको छ ।

सिप बिकास तथा जनचेतना तालिम तथा गोष्ठी कपाल देखि कम्प्युटर तालिम, पशु व्यवसाय प्रवर्दन, कृषि व्यवसायीकरण, महिला तथा वालवालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति र सबै वडामा विद्युत पुर्याईने जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।


क्याटेगोरी : अन्य, अर्थ खबर, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस