Techie IT

निर्देशक,सम्पादक टेकेन्द्र शाहको”फुल जस्तो जिबन”सार्वजनिक(भिडियो)


काठमाडौं । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् । जोशी नेपालि गीतसंगीत तथा डेउडा गीतमा निकै नै चर्चा चुलिएको नाम हो । जोशीले देउडा क्षेत्रमा अतुलनीय योगदान पुर्याएकी छन् । हरेक गित उत्तिकै चर्चित र लोक प्रिय छन् । भखरै मात्र बजारमा”फुल जस्तो जीवन”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पदमा लक्ष्मी शाहको शब्द संकलन रहेको गीतमा रेखा जोशी,रचना रिमाल,ओम सुनार र टेकेन्द्र शाहको सयुक्त स्वर रहेको छ । ओम सुनारको संगीत संयोजन रहेको छ । टेकेन्द्र शाहाले पनि गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

प्रोफेसन रुपमा म्युजिक भिडियो निर्देशक सम्पादक भएता पनि उनि गीतसंगीतका हरेक विधामा उत्तिकै पोख्त छन् । राम कुमार केसीले छायाकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाह आफैले सम्पादन तथा कलर गरेका छन् । म्युजिक भिडियो गायक गायिका स्वयम देखिएका छन् ।


क्याटेगोरी : अन्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस