अर्थमन्त्री खतिवडाको केहीबेरमै राजिनामा आउँदै !

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टीले राष्ट्रिय सभामा पठाउने निर्णय गरेसंगै अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । विहिवार नेकपा सचिवालय वैठकले राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै फेरी दोहोर्याउने चाहना राखेको भएपनि ६ महिना अघि पार्टिले गरेको निर्णय कार्यान्वयन गर्न नेता गौतमले दवाव दिएपछि ओली अप्ठेरोमा परेका थिए । बुधवार नै राजिनामा दिन चाहेका खतिवडालाई प्रधानमन्त्री ओलीले नै रोकेको बताइएको छ ।
नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पार्टीले ६ महिना अघि नै गरेको थियो । तर कार्यान्वय ढिलाई हुँदा नेता गौतमले दवाव दिएका थिए । तर विहिवार नेता गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओली नै सहमत भएपछि खतिवडाको यात्रा रोकिएको छ । शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।
राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुग्ने र विदाई हुने योजना बनाएका छन् ।त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।
क्याटेगोरी : अन्य, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस