Techie IT

कैलालीका ३३ सहित सुदुरपश्चिममा आज थप ४९ जनामा कोरोना पुष्टि


कैलालीका ३३ सहित थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एकरएकजना र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ। गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा संक्रमण देखिएको छ। श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एकजनामा रहेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एकजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

दिनेश खबर बाट साभार


क्याटेगोरी : अन्य, प्रदेश, समाचार, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस