Techie IT

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा रामारोशन गाउँपालिका जनचेतना मुलक कार्यक्रम गर्दै


अछामको रामारोशन गाउँपालिकाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाईरहको छ ।

गाउँपालिकामा महिला हिंसा, छाउपडी प्रथा जस्ता सामाजीक कलंकको रुपमा रहेको मदिरा नियन्त्रण जस्ता कार्यकक्रम गरी लैंगिक हिंसा विरुद्धको अभियान केन्द्रीत पारीएको छ ।

गाउँपालिकाका ७ ओटै वडामा लैंगिक हिंसा न्युनिकरणका लागी वडामा गठीत आमा समुह, महिला संञ्जाल, महिला समुह बालक्लव लगायतका गाउँपालिकाका सक्रिय युवा र गाउँपालिकाको समन्यमा जनचेतनाका कार्यक्रम गरी यस बर्षको लैंगिक हिंसा विरुद्धको अभियान मनाइ रहेको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ गाउँपालिकामा अहिले पनी कायमै रहेको छाउपडि प्रथाको अन्त्य गर्न घरघरमा जनप्रतिनिधि लगायतका कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सरस्वती रावलले बताउनुभयो ।

रेडीयो बान्नीगढी संग संक्षिप्त कुराकानी गर्दै उहाँले गाउँपालिकामा महिला माथि हुने बिभिन्न हिंसा न्युनिकरणका लागी आफु सदैव पडितको पक्षमा रहेको बताउनुभयो ।

उपाध्यक्ष रावलले महिला हिंशा गर्नेलाई कारवाही हुने नीति नियम पुर्णरुपमा कार्यन्यनमा ल्याउन सवै राजनितिक दलहरुले पहल गर्नु पर्ने बताउनुभयो ।


क्याटेगोरी : अन्य, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!