अछाममा मदिरा नियन्त्रण गर्न जनप्रतिनिधिहरू सक्रिय भएनन् (अडियो सहित )

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ५ नवठाना अवैध मदिरा तथा घरेलु मदिरा बेचबिखन बढेको छ ।
टोल टोलमा मदिरा उत्पादन गरी बेचबिखन भइरहेको स्थानीयले बताएका छन् ।
वडामा अव्यावस्थितरुपमा मदिरा बेचबिखन तथा सेवनले बालबालिकाको पठनपाठनमा समेत असर परेको र वडाका विकास निर्माणका क्रियाकलाप पनि अघि बढ्न नसकेको साँफेबगर नगरपालिका नगरस्तरि युवा क्लबका अध्यक्ष पूजा बुढाले बताउनुभयो ।
सरकारले मदिरा बेचवेखन तथा जथाभाबी सेवनमा रोक लगाए पनि गाउँका राजनीतिक दलका प्रतिनिधि, शिक्षक र समाज सेवीहरूले नै मदिरा सेवन गरी होहल्ला गर्दा समृद्ध समाज निमार्णमा असर पुगेको उहाँको भनाई छ । “गाउँमा मदिरा उत्पादन हुन्छ की भनेर प्रहरीहरू गस्तीमा जान्छन्, तर मदिरा भेटाउदैनन, गाउँमा भने दिनहुँ जसो मदिराको व्यापार हुन्छ, जुनसुकै समयमा पनि विभिन्न सरोकारवाल व्यक्तिहरूले नै मदिरा सेवन गर्दा समाजमा कस्तो असर पर्ला ? यस विषयमा आफै जागरूक हुनुपर्ने देखिन्छ” उहाँले भन्नुभयो ।
गाउँमा यसरी अव्यवस्थित मदिराको कारोबार तथा सेवनले ठुलो असर परिरहेका वेला वडाका जनप्रतिनिधिहरुले भने मदिरा नियन्त्रणका लागि केही पहल चाल्न सकेका छैनन् ।
बाईट : पुजा बुढा
वडाध्यक्ष उजिरसिंह साउद आफ्नो वडामा मदिरा विक्री वितरण भइरहेको कुरा स्विकार्नु हुन्छ ।
उहाँले भन्नुभयो वडामा मात्रै मदिरा उत्पादन हुँदैन बाहिरबाट ल्याएर पनि खान्छन् ।
हामीले प्रहरीलाई पनि खटाएका छौ, तर पनि लुकिछिपि खाईनै रहन्छन् । उहाँले आफुले मदिरा नियन्त्रणमा सक्दो प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । वडाअध्यक्षले मात्रै केही गरेन भन्नु कोही कसैले रिसीविका कारण भनेका हुन सक्छन्, उहाँले भन्नुभयो ।
उहाँले गाउँमा मदिरा बिक्री वितरण तथा अव्यवस्थित सेवनले असर पारेको कुरा बुझेको र सोही अनुसार प्रहरीलाई पनि जानकारी गराउँदा प्रहरी प्रशासनले सक्रियता साथ काम गर्नुपर्ने बताउनुभयो ।
आगामी दिनमा सवैसँग सहकार्य गरेर मदिरा निमन्त्रण गर्ने उहाँले आश्वासन दिनुभयो ।
बाईट : उजिर साउद
यता इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज सुरेश जोशीका अनुसार आफूहरू निरन्तर ग्रामीण ठाउँमा मदिरा नियन्त्रणमा गस्तीमा गएको र आफूले भेट्टाएको मदिरा बरामद गर्ने गरेको बताउनुहुन्छ ।
उहाँले नत स्थानीयले नै मदिरा नियन्त्रणमा सहयोग गर्न भनेका नत स्थानीय जनप्रतिनिधिले पनि आफूलाई उजुरी नदिएको उहाँको भनाई छ ।
बाईट : सुरेन्द्र जोशी
सरकारले मदिरा तथा मदिराजन्य पेय पदार्थको बिक्री वितरण नियन्त्रण अत्यावश्यक भएको बताएको छ ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यान्वयनका लागि मदिरा नियन्त्रण अत्यावश्यक हुन्छ ।
युवा पुस्तामा मदिरा सेवनको आदत बढ्दै गएको छ । स्कुले उमेर समूहका युवा मदिराको आदतमा परेकाले मदिरा बिक्री तथा उपभोग नियन्त्रण गर्न आवश्यक छ ।
स्थानीय सरकारले मदिराको प्रयोग घटाउन जनचेतना र बिक्री वितरण नियन्त्रणका उपाय अवलम्बन गरेको छ ।
समाजमा शान्ति सुरक्षाका लागि मदिरा बिक्री नियन्त्रण तथा जनचेतना अभियानलाई साथै लैजाने योजना बनाउन जनप्रतिनिधिले पनि सक्रियरुपमा लाग्नु पर्छ ।
क्याटेगोरी : अन्य, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस