पायलमा एक घर एक धारा निमार्ण कार्य सम्पन्न (कुराकानी सहित )

चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा एक घर एक धारा निमार्ण कार्य सम्पन्न भएको छ ।
चौरपाटी गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोगमा एक घर एक धारा निमार्ण गरिएको हो ।
पायलका विभिन्न टोलमा गरी ३ सय ६७ धाराहरू निमार्ण भएका छन् ।
चौरपाटी गाउँ पालिकाका ७ वटै वडाका केही टोलमा ब्याक्तिगत धारा निर्माण भैसकेको छन् भने अन्य बाँकी रहेका टोलमा पनि पनि प्रत्येक घरमा धारा निर्माण कार्य पनि एक दुई आर्थिक वर्षमा सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
पायलमा एक घर एक धारा निर्माणले पानी लिनकै लागी घण्टौँ हिँडेर धारामा लाइन लागेर पानीको जोहो गर्नुपर्ने बाध्यताको अन्य भएको स्थानीयले बताएका छन् ।
चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका वडाध्यक्ष हर्क बहादुर लुहारले आफू निर्वाचित भइसकेपछि पायल बासिका हरेक समस्या समाधान गर्न सफल भएको बताउनुभयो ।
रेडियो बान्निगढी सँग संक्षिप्त कुराकानी गर्दै वडाध्यक्ष लुहारले वडामा सडक, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
यस्तै उहाँले अन्य सामाजिक विकृति जन्य क्रियाकलाप, छाउ प्रथा नियन्त्रण, मदिरा नियन्त्रण लगायतमा पनि चनतेतनाका काम भइरहेको बताउनुभएको छ ।
कुराकानी : हर्क बहादुर लुहार
क्याटेगोरी : अन्य, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस