अखिल नेपाल ज्यालादारी कर्मचारी श्रमिक सङ्घ अछामद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण (पुर्णपाठ सहित)

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घ जिल्ला कार्यसमिति अछामले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ ।
नेपाल सरकारको विभिन्न सरकारी निकायमा लामो समय देखी अस्थायी, करार तथा ज्यालादारी ठेकेदारी कर्मचारीहरूको भविष्य अन्योल भएको भन्दै श्रमिक सङ्घ जिल्ला कार्यसमिति अछामले ध्यानाकर्षण गरेको हो ।
आफ्नो ऊर्जावान् समय नेपाल सरकारको सेवामा रहँदा रहँदै समाप्त हुने र खालि हात सेवा बाट निस्किनु पर्ने पिडादायी अवस्थाको मूल्याङ्कन गर्न २०७० साल माघ ९ गतेको सर्वोच्च अदालतले फैसला गरेको भए पनि अस्थायी करार तथा ज्यालादारी कर्मचारीले कुनै सेवा नपाएको उनीहरू बत्ताउँछन् ।
आज बुझाइएको ध्यानाकर्षण पत्रमा अस्थायी करार ज्यालादारी तथा ठेकेदारी कर्मचारीलाई उमेर हद नतोकी लोकसेवा खुला गर्न, २०७० सालमा भएको सर्वोच्च अदालत फैसलाको पूर्ण कार्यान्वयन गर्न, नेपाल सरकारले तोकेको पारिश्रमिक लागु गराउन, ठेकेदारी कर्मचारी भर्ना गर्ने प्रथा अन्त्य गर्न पहल गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्ध मल्ल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घ अछामका अध्यक्ष तीर्थराज भट्टद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
क्याटेगोरी : अन्य, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस