Techie IT

अछामका स्थानीय तहले छाउगोठमुक्त गर्न ठोस योजना तयार पार्न सकेनन् : अधिकारकर्मी कुँवर


अछाममा सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर सुरक्षित महिनावारी दिवस मनाइएको छ ।

महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन् ।

यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ ।

जसले गर्दा छाउ प्रथा अन्त्य नभएसम्म समाजमा परिवर्तन सम्भव नभएको सरोकारवालाले बताएका छन् ।

यसै बिच महिला अधिकारकर्मी तथा पशुपति कुँवरले मर्यादित महिनावारीका लागी छाउगोठ प्रथा अन्त्य हुनुपर्नेमा जोड दिनु भएको छ ।

विश्व महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२१ को अवसरमा रेडियो बान्निगढीसंग कुराकानी गर्दै महिला अधिकारकर्मी कुँवरले मर्यादित महिनावारीका विषयमा अछामका महिला तथा किशोरीलाई जनचेतना जगाउने काम भइरहेको बताउनुभयो ।

विगत २० वर्षदेखि नै छाउ प्रथा अन्त्य गर्न सङ्घर्ष गरेको र अझै पनि लागी परेको कुँवरको भनाइ छ ।

छाउ प्रथा अन्त्य गर्न भएका प्रयासले सकारात्मक प्रभाव पारेको भए पनि स्थानीय सरकारले र अधिकारकर्मीले लिएको लक्ष्य पुरा नभएको उहाँले बताउनुभयो ।

अछाममा अझै पनि महिला तथा किशोरीहरू छाउगोठमै बस्ने गरेकाले थप योजना सहित छाउ बार्ने तरिकामा परिवर्तन ल्याउन पहल गर्ने बताउँदै स्थानीय तहले छाउगोठमुक्त गर्न ठोस योजना अझै तयार पार्न नसकेको अधिकारकर्मी कुँवरले उल्लेख गर्नु भएको छ ।

आवाज : पशुपति कुँवर


क्याटेगोरी : अन्य, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस