Techie IT

जङ्गली च्याउ खाँदा बाबु छोराको ज्यान गयो


इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको ज्यान गएकाे छ। ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गएकाे साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेकाे नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

उज्यालो


क्याटेगोरी : अन्य, समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस