Techie IT

करेन्ट लागेर सङ्खुवासभामा एक प्राविधिकको ज्यान गयो


सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर आज शुक्रवार एक जना प्राविधिकको ज्यान गएको छ ।ज्यान गुमाउनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले बताउनुभयो ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : अन्य

भण्डारी रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस