बझाङमा गयो भीषण पहिरो : १७ घर बगायो, ७ जना बेप,त्ता

२० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए ।
गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताए । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उनकाे भनाइ छ । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।
क्याटेगोरी : फोटो फिचर, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस