नेकपाको बैठक जारी, कार्यविभाजन अन्यौलमा

दोहोरो जिम्मेवारी दिने कि नदिने विषयमा नेताहरू बीच मतभेद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कार्यविभाजन अन्यौल परेको छ । हिजोसम्म सक्नुपर्ने साङ्गठनिक एकता तथा जिल्ला इञ्चार्ज र सह–इन्चार्ज विषयमा नेताहरुबीच विवाद हुँदा कार्यविभाजन टुङगो लागेको छैन ।

बैठक आज फेरि बसेको छ । पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा जिल्ला इन्जार्ज र सहइन्चार्ज बारे टुङ्गो लगाउन हिजो नेकपा केन्द्रीय सचिवालयको बैठक बसेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिचको बाटो खाजेर पनि सहमति खोजिने बताउनुभयो । अहिले बालुवाटारमा बैठक जारी रहेको छ ।

लामो प्रयासपछि वैशाख ९ गते ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुङ्गो लगाइएको थियो । त्यसपछि इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल शुरु भएको थियो । दोहोरो जिम्मेवारी दिने कि नदिने विषयमा नेताहरू बीचमा मत बाझिएपछि त्यसलाई टुङ्ग्याउन ढिलाइ भएको हो । केन्द्र तथा प्रदेशका सांसद र मन्त्री भएका व्यक्तिलाई इन्चार्ज र सहइन्चार्ज दिने कि नदिने विषयमा सचिवालय सदस्यहरूको बीचमा मत बाझिएको हो । प्रधानमन्त्री ओलीले प्रदेशमा एउटा र जिल्लामा अर्को मापदण्ड प्रयोग गर्न नहुने भन्दै प्रदेशकै मापदण्ड अनुसार जिल्ला कमिटीको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको छ । त्यसमा सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गौतम लगायतले मान्नुभएको छैन । CIN

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker