अछामको तुर्माखाद गाउँपालिकामा १०३ जना नेताकार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश

नेपाल कम्युनिस्ट पाटी परित्याग गरि १०३ जना नेताकार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।नेपाली काङ्ग्रेस अछामको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत आज तुर्माखाद गाउपालिकामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी परित्याग गरि १०३ जना नेताकार्यकर्ता प्रवेश भएका हुन ।
प्रवेश भएका हरुलाइ नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रिय जागरण अभियानका अछाम संयोजक बहादुर सिंह थापाले नेपाली काङ्ग्रेसमा स्वागत गरेका छन् । सैयौँ कार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश हुदा नेकपा अछाम लाई तनाव उत्पन्न भएको छ । sadakmedia