जयगढमा नेकपाको पार्टि कार्यालय उद्धघाटन

जयगढमा नेकपा कम्युनिष्ट पार्टि नेकपाको पार्टि कार्यालय उद्धघाटन गरिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका स्तरीय कार्यालयको आईतबार नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थायी कमिटि सदस्य तथा पुर्व उप्रधानमन्त्री भीम रावलले उद्धघाटन गर्नु भएको हो ।
एक कार्यक्रमका बिच कार्यालयको उद्धघाटन गर्दै नेता रावलले कार्यालय स्थापना सँगै गाउँपालिकामा पार्टिका क्रियाकलाप सँचालन गर्न सहज हुने उल्लेख गर्नुभयो ।
पार्टि एकतासँगै जिल्लामा सँचालन भईरहेको आम सभा कार्यक्रमले कायकर्ताहरु उत्साहित बनेकोमा खुसी व्यक्त गर्दै उहाले छिट्टै पालिका तथा वडा स्तरिय कमिटि निर्माण गरिने बताउनु भएको छ ।
स्थानिह तहमा रहेका पार्टि कार्यकर्ताहरुलाई गाउँ टोलको बिकास निर्माण र सँगठन बिस्तारमा केन्द्रित हुन उहाँले सुझाव दिनु भएको छ ।