Techie IT

नेकपा अछामको ठाउँ ठाउँमा आम सभा सकियो :राजनीतिक तरंग पैदा


नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी अछामका सदस्यहरुको पद तथा गोपनियताको सपथ जेष्ठ ३२ गरे पछि राजनीतिक तरंग पैदा भएको छ । रास्ट्रीय राजनीतिका मुख्य ब्यक्तित्व भीम रावलको नेतृत्व र जिल्ला कमिटी अछामको आयोजनामा मंगलसैन र साफेबगर नगरपालीका बाहेक ८ वटै तहमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बिशाल आम सभा सफलता पुर्बक सप्पन्न भएका छन ।

पार्टी एकिकरणको सन्देश र रास्ट्रीय राजनीतिक बारेमा आम जनता पार्टी नेता कार्यकर्तालाई जानकारी गराउने मुख्य उदेश्यका साथ आम सभाको आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुवरले जानकारी गराउनु भयो ।

तुर्माखाद, ढकारी , रामारोशन , मेल्लेख ,चौरपाटी बान्निगढी जयगढ गाउँ पालिका र कमलबजार बिनायक पंच देवल नगर पालिकामा असार १ गते देखि ८ गते सम्म कार्यक्रम हुदा पार्टी नेता कार्यकर्ता जनताको उत्साह जनक सहभागिता रहेको छ। आफ्नो गृह जिल्ला अछामको बसाइको क्रममा नेता रावलले बिकास साझेदार सामाजिक संघ संस्था स्थानीय तहले गरेका कामको अनुगमन गर्नुका साथै भौतिक पुर्बाधारका काम सम्पन्न भएका दर्जनौ योजनाको उदघाट्न गरेर कार्यक्रममा सहभागी भै सम्बोधन गर्नु भएको छ ।

अछाम जिल्लाका सबै स्थानीय तहमा पुगेर नेता रावलले पार्टी एकीकरण सरकारले गरेका सकारात्मक कामको चर्चा गरि रहदा करिब २ बर्ष देखि थला परेको पार्टी संगठन र कार्यकर्तामा रक्त संचार भएको छ भने आम जनतामा उत्साह बढेको छ ।

हप्ता दिन लामो अछाम बसाइको क्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) स्थाइ कमिटीका सदस्य भीम रावलले पिछडिएको क्षेत्र त्यस ठाउँमा बसोबास गर्ने जनताको लागि बर्तमान सरकारले बिशेश कार्यक्रम ल्याउनु पर्ने बताउदै नेता रावलले कर्णाली र सुदुरपश्चीम प्रदेशका लागि संघीय सरकारले क्षतिपुर्ती सहित बिकासको मुलप्रबाहामा ल्याउने बिशेश योजना बनाउनेतर्फ लाग्न आग्रह गर्नु भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस