Techie IT

नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान यसरी सुरु भयो अछाममा


नेपाली काँग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सोही अवसरमा आज सदरमुकाम मंगलसैन बजार नजिकैको त्रिखुल्यानिमा बिरुवाहरु रोपेर जागरण अभियान सुरु गरिएको हो । बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुन लागेको हो ।

अछाम क्षेत्र नम्बर २ प्रदेश ९ख० का कार्यवाहक सभापति रबिन्द्र बहादुर शाहीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ९ख ० का केन्द्रिय प्रतिनिधि हिक्मत बिस्ट रहनु भएको थियो भने विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट ,प्रदेश ९क ० का लागि केन्द्रिय प्रतिनिधि मदन गिरि रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जागरण अभियानका लागी क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ९ख ० का अनुगमन समिति संयोजक चन्द्र प्रसाद ढुंगाना ,महासमिति सदस्य गणेश बहादुर बिष्ट ,अनुराधा स्वार,पुर्व महासमिति सदस्य मान बहादुर रावल ,काङ्ग्रेस बाट निर्वाचित सम्पुर्ण वडा अध्यक्षको तर्फबाट जनकराज भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पाटी सचिव नम बहादुर शाहीले गर्नु भएको थियोे ।

त्यस्तै आजै क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ९क० को कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र ,क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ९क० को त्रिपुरासुन्दरि क्याम्पस र प्रदेश ९ख ० को बान्निगढि जयगढ गाउपालिकाको अतिथि आवाशको प्राङ्गणमा बृक्षारोपण गरि जागरण अभियानको सुरुवात गरिएको पाटी सहसचिव एवम् प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

अभियानमा नेताहरूलाई ‘बोल्ने कम, सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको छ ।अभियानको अन्तिम दिन ७ असोजमा केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय आवश्यकतानुरूप सम्बन्धित तहले नै यस्तो कार्यक्रम गर्न सक्ने छन् ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस