कम्युनिष्ट सरकारले जनता निराश छन : काँग्रेस नेता रावल

नेपाली काँग्रेसका महासमिति सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि हेम रावलले बर्तमान सरकारले जन विरोधी काम गरेको बताउनु भएको छ ।

चौरपाटि गाउँपालिकाको सोकटमा भएको जागरण कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै नेता रावलले नेकपा सरकारले जनाविरोधी काम गरेको बताउनु भएको हो । नेपाली काँग्रेसले देशमा ल्याएको परिवर्तन र बिकासलाई बर्तमान कम्युनिष्ट सरकारले बिनास गर्दै गएको उहाको भनाई छ ।

सरकारले गरेको जनबिरोधी कामका कारण जनता निराश बनेको र कम्युनिष्ट सरकारको बिकल्प खोज्न थालेको रावलले बताउनुभयो । देश र जनताको हक हितका लागी नेपाली काँग्रसको बिकल्प नरहेको बताउदै नेता रावलले जागरण अभियानले काँग्रेसप्रती जनातको आकर्षण बढ्दै गएको र अवको चुनावमा काँग्रेस देशको पहिलो पार्टि बन्ने ठोकुवा गर्नु भएको छ ।

नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव रेवन्त ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य तथा केन्द्रिय प्रतिनिधि हेम रावल प्रमुख अथिति रहनु भएको थियो भने पुर्व महासमिति सदस्य टिकाराम खनाल बिशिष्ट अथिति रहनु भएको थियो ।

कार्यक्रममा काँग्रेस अछामका जिल्ला सचिव भरत कुमाल,जिल्ला समन्वय समिति सदस्य तुलाराम साउद, अछाम काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष भक्त ठकुल्ला ,नेविसंघका जिल्ला अध्यक्ष नृप साउद , दलित संघका जिल्ला उपाध्यक्ष नैन सिह थलारी, वडा सभापति जगत साउद लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन महेश खड्काले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker