सवै बर्गलाई सम्मान गर्ने एक मात्र पार्टि काँग्रेस : पुर्व साँसद नेपाली

रामारोशन गाउँपालिकाको चौकामा काँग्रेसको जागरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सभा सँयोजक डम्बर स्वारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व साँसद महा नेपाली प्रमुख अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्व साँसद नेपालीले काँग्रेसले सवै जातजातीको सम्मान गर्दै आएको उल्लेख गर्नुभयो । गरिव तथा उत्पीडिनमा परेका समुदायका लागी नेपाली काँग्रेसले थुप्रै उदाहरणीय काम गरेको उहाको भनाई छ ।

कम्युनिष्ट सरकारले गरिव तथा उत्पीडनमा परेका समुदायका लागी कुनै पनी का गर्न नसकेको बताउदै उहाले सवै जातजातीको सम्मान गर्ने एक मात्र पार्टि काँग्रेस भएको बताउनुभयो ।

यस्तै प्रदेश सभा ख का सँयोजक डम्बर स्वारले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख थुप्रै सम्भावना बोकेको क्षेत्र भएको बताउनु भएको छ । रामारोशन र मालिकाको प्रमुख द्धार नै यस क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा थुप्रै पर्यटकिय सम्भावन रहेको बताउदै उहाले काँग्रेसको पहललमा तिँ सवै सम्भावनालाई सकार पारिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker