नेकपा नेतृत्वको सरकार लोकतन्त्र मास्ने काममा अग्रसर : कांग्रेस प्रबक्ता तिमिल्सैना

नेपाली काङ्ग्रेस अछामका सहसचिव वेदप्रकाश तिमिल्सैनाले दुइतिहाइ बहुमतको दम्भ देखाउदै नेकपा नेतृत्वको सरकार लोकतन्त्र मास्ने काममा अग्रसर भएको बताउनुभएको छ ।
जनताको बहुमत पाएको सरकारले जन अपेक्षाका काम गर्नुको साँटो लोकतन्त्र मास्न तम्सिएको उहाँले बताउनुभएको हो ।
कांग्रेस जनजागरण अभियानको क्रममा आज पुल्लेतोलामा भएको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । सर्वसाधारणको अधिकारको रक्षाका लागि सबैलाई सुसूचित गर्न नेपाली काङ्ग्रेस जागरण अभियानका साथ गाउटोलमा पुगेको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेता तिमिल्सैनाले कम्युनिष्ट सरकारको कुशासनका विरुद्ध पनि नेपाली काङ्ग्रेसको जागरण अभियान भएको धारणा राख्नुभयो । अन्र्तक्रिया कार्यक्रममा कांग्रेस प्रति आस्थावान सम्पुर्ण नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
क्याटेगोरी : राजनीति, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस