कांग्रेस अछामको राष्टिय जागरण अभियान अन्र्तगत अछामका बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न

संविधानको मर्म र भावनाका कार्यभार पूरा गर्न सरकार असफल भएको छ :स्कांग्रेस सभापति स्वाँर

नेपाली कांग्रेस अछामको राष्टिय जागरण अभियान अन्र्तगत आज पनि अछामका बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएका छन् ।

नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले संविधानलाई सर्वस्वीकार्य बनाउन, जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावना अनुसार बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएको दाबी गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस दोस्रो चरण राष्ट्रिय जागरण अभियान कार्यक्रम अछाम क्षेत्र नं १ प्रदेश “क“ चौरपाटि गाउपालिका वडा नं. ५ लुग्रामा भएको कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दे सभापति स्वाँरले संघ, प्रदेश र स्थानिय तहबीच अधिकारको बाँडफाँड गर्ने र संघीयताका आधारमा राज्यव्यवस्था संचालन गर्ने संविधानको भावना विपरित सरकार अधिकारको केन्द्रीकरण गरी व्यक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको समेत आरोप लगाउनु भयो ।

प्रदेश क का सभापति राजेन्द्र कुवरको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सभापति स्वारले सरकारको कमजोरीका कारण संविधानका उपलब्धि गुम्ने खतरा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवं कैलाली जिल्ला महासमिति सदस्य हिम रावलले काङ्ग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि काङ्ग्रेस समर्पित भएर लाग्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासमिति सदस्य अनुराधा स्वार, नेपाली काङ्ग्रेसका नेता पुर्व महासमिति सदस्य टिकाराम खनाल, जिल्ला सचिव भरत कुमाल, जिल्ला समन्वय समिति सदस्य तुलाराम साउद, जिल्ला सदस्य कालू सिह कुवर, पुर्व महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार, क्षेत्रीय सचिव रेबन्त ठकुल्ला, नेविसंघका जिल्ला अध्यक्ष नृप साउद, किसान संघ जिल्ला अध्यक्ष ललित कुवर, वाडा नं ५ का अध्यक्ष टेक ब खड्का, दलित संघ भारतका अध्यक्ष पहल सिह ओड, शिक्षक संघ चौरपाटि गापा का अध्यक्ष कृण्ण खड्का, दलित संघका तुले भुल लगायतले मन्तव्य राख्नु भएको थियो । देउमल खड्काले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सदस्य महेश खड्काले गर्नुभएको थियो ।

यसै बिच
नेपाली कांगे्रशको राष्टिय जागरण अभियान अन्र्तगत मेल्लेख गाउपालीका वडा नम्बर ३ ठाँटीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
नेपाली कांगे्रशको राष्टिय जागरण अभियान अन्र्तगत मेल्लेख गाउपालीका वडा नम्बर ३ ठाँटीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नम्बर १ प्रदेश ख का संयोजक डम्बर स्वारको सभापतित्वमा भएको कार्यक्रमा नेपाली कांगेश केन्द्रिय प्रतिनिधी तथा पुर्ब सभासद महा नेपाली प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथितीको आसनबाट बोल्दै उहाँले नेपाली कांगे्रश अब छिटै देशकै पहिलो पार्टी बन्ने उद्घोष गर्नु भएको छ । कार्यक्रमा जिल्ला कोषाअध्यक्ष संकर साउँद बिषिस्ट अथिती रहनु भएको थियो । अन्य अथितीहरुमा जिल्ला शिक्षा अधिकारी मोती भुल,पदम खड्का,पुर्ब जिल्ला सदस्य शेर बहादुर शाहा,मेल्लेख गाउँपालीका पार्टी प्रबत्ता पृथ्बीराज अधिकारी, क्षेत्रीय सदस्य कृष्ण बहादुर शाहा लगायत नेपाली कांगे्रश प्रती आस्थावान नेता तथा कार्यक्रताको सहभागीता रहेको थियो ।

प्रबत्ता पृथ्बी शाहाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन जिल्ला सदस्य हिमाल अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा संबिधान दिवशको अवशरमा मयन बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

यस्तै
परिवर्तन र बिकासलाई कम्युनिष्ट सरकारले बिनास गर्दै ः नेता गरी ।
यसै अन्र्तगत आज क्षेत्र नं. २ को प्रदेश सभा क को बिनायमा पनि कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस अछाम क्षत्र नम्बर २ का क्षत्रिय सभापती लक्षण बहादुर शाहाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधी मदन गिरी प्रमुख अथिति रहनु भएको थियो । जागरण कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै केन्द्रिय प्रतिनिधी गिरीले नेकपा सरकारले अहिले जनविरोधी काम गरीरहेको भन्दै नेपाली काँग्रेसले देशमा ल्याएको परिवर्तन र बिकासलाई बर्तमान कम्युनिष्ट सरकारले बिनास गर्दै गएको बताउनु भयो । साथै उहाँले सरकारले गरेका जनबिरोधी कामका कारण जनता निराश बनेको र कम्युनिष्ट सरकारको बिकल्प खोज्न थालेको प्रमुख अथिति गिरीको भनाइ छ ।

कार्यक्रमका बिशिष्ट अतीथी महाअधिबेसन प्रतिनिधि सरु्तबहादुर बिष्ट रहनु भएको थीयो । बिशिष्ट अतीथी आसन बाट बोल्दै नेता बिष्टले नेकपा नेतृत्वको सरकार निरंसुसता तर्फ उन्मुख भएकोले लोकतन्त्र जोगाउन नेपाली काङ्ग्रेस लाई बलियो बनाउनु पर्ने बराउनु भयो । कार्यक्रममा पुर्व क्षेत्रिय सभापति यज्ञप्रसाद ढकाल, पञ्चदेवल बिनायक नगरपालीका वडा नम्बर ४का वडा अध्यक्ष सज्जनबहादर शाहीलगायत नेपाली काँग्रेसमा आश्थावान नेता कार्यकर्ताको सहभागीता रहेको थीयो । नेपाली काँग्रेश पञ्चदेवल बिनाक नगरपालीकाका सभापती खेमराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन तरुण तलका ललीत बिष्टले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker