दुई तिहाई सरकार अराजक तत्वको संरक्षणमा अग्रसर भएर लागेको छ :सभापती स्वाँर

अहिलेको दुई तिहाई सरकार अराजक तत्वको संरक्षणमा अग्रसर भएर लागेको नेपाली कांगे्रश जिल्ला पार्टी सभापती भरत कुमार स्वारले बताउनुभएको छ । प्रमुख अतिथिको आसन बाट बोल्दै स्वार ले दुइ तिहाइको सरकारले असान्ती गरेको, हत्या, हिँसा, बलत्कारीलाइ संरक्षण गरेको भन्दै यसका विरुदमा सबै नेता कार्यकर्ताले एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ।

नेपाली काँग्रस पञ्चदेवल विनायक नगरपालीका वडा नं ४ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज कालीकास्थानमा सम्पन्न भएको छ । वडा दशै तथा दिपावलीको अवसर पारी पञ्चदेवल विनायक नगरपालीका वडा नं ४ को वडा कार्य समितिले आयोजना गरेको कार्यक्रमको अध्यक्षता वडा नं ४ का कार्यवाहक वडा सभापति मोहन सिंह विष्ट ले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अथिति जिल्ला पाटि सभापति भरत कुमार स्वार रहनुभएको थियो ।

कार्यक्रममा पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री तथा सुर्खेत जिल्लाका पूर्व पाटि सभापती तप्त बहादुर विष्ट, अछाम जिल्लाका पूर्व पाटि सभापति मेघराज खडका र पुष्प बहादुर शाह विशिष्ट अतिथि रहनु भएको थियो । विशिष्ठ अतिथिको आासनबाट बोल्दै पूर्व मन्त्रि विष्टले सुर्खेत र अछाम मिलेर विकास गर्नुपर्ने मा जोड दिनु भएको थियो ।

 

यस्तै अन्य अतिथिहरुमा पञ्चदेवल विनायक नगरपालीकाका नगर प्रमुख देवराज देवकाट उप प्रमुख अम्विका चलाउने पञ्चपुरी नगरपालीका सुर्खेतका नगर प्रमुख उपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि सुरत बहादुर विष्ट, पदमराज अधिकारी जिल्ला पाटि सचिव नम बहादुर शाही जिल्ला पाटि सहसचिव एवं पाटि प्रबक्ता वेदप्रकाश तिमिल्सैना जिल्ला कार्य समिति सदस्य पूर्ण बहादुर रावल क्षेत्र नं २ का क्षत्रिय सभापति लक्ष्मण शाह प्रेस युनियन अछामका बरिष्ठ उपाध्यक्ष लोकराज ढकाल नेपाली जन सम्पर्क समिति पिलिभित भारतका अध्यक्ष पहल सिँह वड लगाएत नेपाली काँग्रशका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पञ्चदेवल विनायक कार्यसमितिका सचिव वलराम विष्टले गर्नुभएको थियो ।


साथै
कार्यक्रममा पूर्व मन्त्रि तथा सुर्खेत जिल्ला पुर्व पाटि सभापति नेपाली काँग्रेसका नेता तप्त बहादुर विष्टलाइ जन्मभूमीमा सम्मान गरिएको हो । पञ्चदेवल विनायक नगरपालीका वडा नं ४ कालीकास्थान मा जन्मिनु भएका विष्ट यसअघि दोस्रो संविधानसभामा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी प्राप्त गरि सुचना तथा सञ्चार राज्य मन्ञिी हुनु भएको थियो । साथै पञ्चदेवल विनायक नगरपालीका वडा नं ३ मा जन्मिनु भएका हाल पञ्चपुरी नगरपालीका सुर्खेतका नगर प्रमुख उपेन्द्र बहादुर थापालाइ पनि पञ्चदेवल विनायक नगरपालीका ४ नं।वडा कार्यसमितिले दोसल्ला सम्मान पत्रले सम्मान गरेको हो । नगरपालीकाको ४नं। वडा कार्यसमितिले पार्टिको हितकालागी लामो समय सम्म योगदान पुर्याउनु भएका अन्य १५ जना जेष्ट नागरिकलाइ पनि सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker