बर्तमान सरकार पैसाको आडमा सत्ताको दुरुपयोग गरिरहेको छ :युवा नेता पाण्डे (अडियो)

अहिलेको सरकारले पैशाको आडमा सत्ताको दुरुपयोग गरिरहेको नेपाली काँगे्रश राष्टिय सभा सदस्य एवम युवा नेता बद्रि पाण्डेले आरोप लगाउनु भएको छ ।

साँफेबगरमा  गिरिजा प्रसाद कोईराला प्रतिसठान अछामको आयोजनामा दशैँ, तिहार, छट तथा नेपाल सँबतको सुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै नेता पाण्डेले नेकपाको सरकार गठन भएको दुई बर्ष भएपनि चुनाबताका बेला दिएका आसवासनअनुसार काम नभएको उल्लेख गर्नु भयो । अहिलेको दुईतिहाई सरकारले प्रतिबद्धता अनुसार काम गर्न नसक्दा धेरै नागरिकहरुको मोह भँग भएको नेता पाण्डेले बताउनु भयो ।
बाईट १ बद्री पाण्डे

ब्यक्तिगत लोभमा परेर राजनीतिमा आमूल परिबर्तन ल्याउने कुराको कल्पना समेत गर्न नसकिने उहाँले उल्लेख गर्नु भयो । आउने दोस्रो चुनाबमा नेपाली काङ्ग्रेसले बिजय हसिल गरे मात्रै अबको २ बर्ष पछिको पहिलो पार्टी नेपाली काङ्ग्रेस हुने नेता पान्डेले उल्लेख गर्नु भयो । कार्यक्रममा गिरिजा प्रसाद कोईरालालाई स्मरण गर्दै नेपालमा शान्ती प्रकिया र लोकतन्त्रको बातावरण सिर्जना गर्न उहाँले खेलेको अग्रणी भुमिकाको सबैले अनुसरण गर्नु पर्ने कुरामा जोड दिनु भयो । गिरिजा प्रसादलाई साच्चीकै सम्मान गर्नका लागी पार्टीलाई पुरानै अवस्थामा नपुर्याई बिश्राम लिन्न भने जस्तो नेपाली काँगे्रशलाई पुरानै अवस्थामा पुर्याएर मात्र बिश्राम लिने कुराको नेता पाण्डेले बिश्वास ब्यक्त गर्नु भयो ।
बाईट २ बद्रि पाण्डे

प्रदेश र केन्द्र सरकारमा भैरहेको अनियमितताका विरुद्ध नेपाली काङ्ग्रेस प्रत्यक गाउँ , टोलबाटै जागरुक भएर लाग्नु पर्ने नेता पाण्डेले उद्घोष गर्नु भयो ।


गिरिजा प्रसाद कोइराला प्रतिस्ठान अछामका अध्यक्ष यज्ञ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अथिती नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पुर्ब पार्टी सभापति पुस्प बः शाहा,जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर,नेपाली अछामका काङ्ग्रेस उपसभापति चन्द्र प्रसाद ढुंगाना ,नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सद्स्य दिपक कुवर,नेपाली काङ्ग्रेस अछामका माहासमिती सद्स्य बल बः कुवर,तुर्माखाद गापालिका अध्यक्ष पुस्प शर्मा,चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुवर,साफेबगर नगरबिकास समिति अध्यक्ष मोहन कुवर,जिपि कोइराला फाउन्डेसन बाजुराका अध्यक्ष तिलक पुरी ,नेपाली काङ्ग्रेस पुर्ब जिल्ला कार्य समिति सदस्य बल ब स्वार,नेपाली काङ्ग्रेस पुर्ब क्षेत्रीय सभापति निर्प खड्का,मंगललेस नपाका उपसभापति राजेस कुवर ,प्रेश युनियन का केन्द्रिय सदस्य राम ब कुवर,साफेबगर नपा वडा नम्बर २ का वडा सभापति सेत बहादुर कुवर,साफेबगर वडा नम्बर ७ का वडा अध्यक्ष मिठु भाट,सास्कृतिक संघ जिल्ला अध्यक्ष जनक कार्की ,शिक्षक संघ जिल्ला कार्य समिति सदस्य झंकर बुढा,नेबिसङ जिल्ला अध्यक्ष निर्प साउद,ट्रेड युनियन अछामका उपाध्यक्ष चित्र बजगाइ ,प्रेस युनियन अछामका उपाध्यक्ष नमराज भन्डारी ,महिला संघ बैतडीका जिल्ला अध्यक्ष देबि ठगुन्ना,किसान सँघ जिल्ला अध्यक्ष तिलक कुवर, साफेबगर महिला संग उपाध्यक्ष रुपा आउजी ,दलित संघ साफेका अध्यक्ष तुले भुल,अन्तर पाटी महिला संजाल अध्यक्ष अप्सरा कुवर ले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

पुर्ण खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन गिर्जा प्रसाद कोइराला फाउन्डेसन अछामका सचीव कृष्ण कुवरले गर्नु भएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker