नेपाली काँग्रेसको बैठक जयगढमा सम्पन्न

नेपाली काँग्रेस बान्नीगढि जयगढ गाउँपालिका कार्यसमितिको बैठक जयगढमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा गाउँपालिका संयोजक चन्द्रसिँह लुहारको अध्यक्षतामा बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा पालिकामा पार्टिका क्रियाकलाप सक्रिय रुपमा संचालन गर्नेबारे छलफल गरिएको थियो । जस अन्तर्गत गाउँपालिकाका सवै वडामा पार्टिलाई जागरुक पार्न बिभिन्न क्रियाकलाप संचालन गर्ने निर्णय गरिएको छ ।

यस्तै गाउँ टोलमा संचालन हुने बिभिन्न बिकास निर्माणका काम प्रभावकारी रुपमा संचालन गर्न पार्टि तथा कार्यकर्तालाई परिचालन गर्ने समेत निर्णय गरिएको पालिका संयोजक चन्द्रसिँह लुहारले बताउनुभयो । बैठकमा जिल्ला कार्य समिति सदस्य ललित साउद,प्रदेश संयोजक डम्वर स्वार,वडा अध्यक्ष नेत्र साउद,कर्ण ठकुल्ला लगायतको सहभागीता रहेको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker