हमला गर्ने नेकपाका कार्यकर्ता अछाम प्रहरीले बचाउन खोजेको कांग्रेशको ठहर

प्रसासनीक निकायले निस्पक्ष ढंगले कार्य गर्न सुझाब, नेपालीकांग्रेसको आकस्मिक बैठक मंगलसेनमा सम्पन्न

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछाम को आकस्मिक बैठक बिभिन्न निर्णय गर्दै पाटी कार्यालय मंगलसेन आइतबार मा सम्पन्न भएकाे छ ।

काबा सभापति चन्द्र प्रसाद ढुंगाना को अध्यक्षतामा भयको बैठक ले मेलेख गाउँ पालिका वडा नं ५ मा सम्पन्न उपनिर्वाचनको गम्भिर समिक्षा गरेको छ।

काङ्ग्रेस नेता कार्यकर्ता मतदाता लाई धन्यबाद ग्यापन गर्दै निर्वाचन को अवधिमा प्रहरी प्रसासन र नेकपा को मिलेमतोमा काङ्ग्रेस नेता कार्यकर्ता लाई मरणासन्न हुने गरि घाइते बनाएको, साङ्घातिक आक्रमणकारी र प्रहरी चौकीमा आक्रमण गर्ने नेकपाका कार्यकर्ता हरुलाई नियन्त्रणमा लिनुको साटो उल्टै बचाउने प्रयास गरिरहेको कार्य प्रति खेद प्रकट गरेको छ।

उक्त घटनामा गम्भिर घाईते हुनुभएका ने का प्रदेश छेत्रीय सभापति डम्मर स्वार को मुद्दा अछाम प्रहरीले दर्ता गर्न नमानि सरकारि वकिल कार्यालय मार्फत दर्ता भएको मुद्दामा सम्मानित अदालतले पक्राउ गर्न आदेश गरेका ब्यक्तिहरुलाई अछाम प्रहरीले बचाउने प्रयास गरिरहेको बैठकले ठहर गरेको छ। जनताको सान्ती सुरक्षा कायम गर्ने उत्तर दायित्व बोकेको प्रसासनीक निकायले निस्पक्ष ढंगले कार्य गर्न सुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker