कमलबजार ५ कुइकामा नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता कार्ड बितरण

कमलबजार नगर पालिका वडा नम्वर पाँच कुइकामा नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता कार्ड बितरण बितरण गरिएको छ ।
शुक्रबार वडानम्वर पाँच कुइकाको साइजिमकोटमा एक कार्यक्रम आयोजना गरेर क्रियासिल सदस्यता कार्ड बितरण गरिएको हो ।
नेपाली काङ्ग्रेस अछामका पुर्व सभापति पुष्पबहादुर शाह प्रमुख अतिथी रहनुभएको कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य एबंम पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा रहनुभएको थियो ।
कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका उप प्रमुख तथा महासमिति सदस्य अम्बिका चलाउने जिल्ला कार्यसमितिका सहचिव तथा प्रवक्ता बेद प्रकाश तिमील्सैना , जिल्ला कार्यसमितिका पुर्व सचिव रामबहादुर शाही , जिल्ला कार्यसमितिका सदस्य तथा कमलबजार नगरपालिका ६ बिरपथका वडा अध्यक्ष रामबहादुर शाही ,जिल्लाको दुई नम्वर क्षेत्रका क्षेत्रीय सदस्य रेशमराज तिमिल्सैना , कमलबजार नगर कार्यसमितिका सभापति सर्पबहादुर बिष्ट , नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि नेत्रराज उपाध्याय , नेपाल बिध्यार्थी संघ , अछामका सचिव बमबहादुर स्वार , नेपाली काङ्ग्रेस कमलबजार नगरकार्यसमिती सदस्य रंग कामी , नेपाल बिध्यार्थी संघका पाँच नम्वर वडा सभापति कमल विक लगाएतको सहभागीता रहेको थियो ।