Techie IT

नेकपा हरपल जनतासंगै छ : नेकपा जिल्ला सचिवालय सदस्य बिष्ट


नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य भिम बहादुर बिष्टले नेकपा अछाम हरपल जनतासंगै रहेको बताउनुभएको छ ।

रेडियो बान्निगढीको कोरोना बिशेष अप्डेटमा कुराकानि गर्दै बिष्टले यस अघि पनि नेकपा जनताका हरेक सुखःदुखमा साथमै रहेको र यसपछि पनि रहिरहने उल्लेख गर्नुभयो ।

अहिले संसारभर तिब्ररुपमा चलिरहेको कोरनाको कहरबाट जनतालाई मुक्त बनाउन नेकपा अछाम बिभिन्न माद्यामबाट जनताको आत्मबल बढाउने तर्फ क्रियाशिल रहेको बिष्टले बताउनुभयोे ।

अहिलेको बिषम परिस्थितीमा जनताको सुरक्षार्थत सरकारले गरेका हरेक जनपक्षिय निर्णयहरु कार्यान्वयन गरिदिन पनि बिष्टले जनता समक्ष आग्रह गर्नुभएको छ । यस्तै नेता बिष्टले अछामका केही स्थानिय तहहरु कोरना नियन्त्रणमा सक्रियताका साथ नलागेको बताउनुभएको छ ।

जिल्लाका केही स्थानिय तहका जनप्रतिनिधीहरु देशभर चलिरहेको कोरोना नियन्त्रण अभियानमा झारो टार्ने र सस्तो लोकप्रियता कमाउने काम मात्र गरिरहेको उहाँले बताउनुभएको हो ।

अहिलेको बिषम् परिस्थिीमा जनप्रतिनिधीहरुले सस्तो लोकप्रियता कमाउने तथा आफ्नै प्रचारप्रसार गर्ने तर्फ भन्दापनि जनताको आत्मबल बढाउने तथा जनताका आधारभुत आवश्यक्ता पुरा गराउने तर्फ क्रियाशिल हुनुपर्नेमा जोडदिनुभयो ।

बिष्टले अहिले संसारभर माहाँमारीको रुपमा फैलिएको कोरोना भाईरसका बिरुद्ध सबै मानब जाति एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


क्याटेगोरी : राजनीति, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!