गरिवलाई मर्नु न बाच्नु बनायो कोरोनाले

विश्वकोभिड १९ ले त्रसितभएको बेला सबै भन्दा बढि पिडा र गाह्रो कोलाई परेको होला सहजै अनुमान गर्न सकिन्छ ।

कोभिड १९ रोकथामका लागी विश्व भरीका प्रभावित भएका देशहरुले लगाएको बन्दाबन्दी अथवा लकडाउले मुलुकलाई आगामी धेरै बर्ष आर्थीक गतिविधिमा मार पर्ने छ ।

त्यसमा पनि हाम्रो देशमा अझै पछि पर्ने निश्चित देखिन्छ जहां बहुसंख्यक युवाहरु बैदेशीक रोजगारीको शिलसिलामा देश बाहीर गएका थिए तर अहिले धेरै युवाहरु तथा मजदुर बर्गहरुको रोजगारी कोभिड १९को कारणले गुमी सकेका छन र स्वदेश जान पाउने अन्तिम इच्छा राख्दै आफनो देशको सिमा आएर बसेको महिनौ दिन बिती सक्यो जसको कारण सबै भन्दा बढि पिडामा रहेका छन मजदुर वर्गहरु ।

धेरैका सुन्दर सपना थिए होलान यो बर्षमा नयाँ कामको सुरु गर्ने, घर जाने बालबच्चालाई अध्ययन गराउने घर परिवारमा रमाईलो गर्ने तर ति सबै सपना उडायो कोरोना (कोभिड १९)ले यती मात्र कहा ंहोर बिहान बेलुकी खाने छाक समेत टार्न गाह्रो बनायो सामान्य जिवन बिताउन गाह्रो बनायो ।

हरेक बिहान उठ्ने बितिकै बेलुकीको छाक टार्नको लागी कामको खोजी र्गछन तर काम गर्न जाउं कता जाउँ घर छोडन मिल्दैन सरकारको नियम पालना गर्नु पर्ने ,नजाउ बेलुका के खाने चिन्ता छ ।

बन्दाबन्दीको ४४औं दिन पुग्दा सम्म कति पिडा भयो होला अबत रोगले भन्दानी र शोकले मर्ने बेला आयो । सरकारले भन्छन कसैलाई पनि भोकले मर्न दिने छैनौ । तर मजदुरले भोगेको पिडाहरु कसलाई सुनाउने कुनै ठांउ छैन जस्तो लागी सक्यो हाम्रो पिडा सुन्ने ।

हरेक दिन मजदुरले मन भित्र लुकाएका पिडा मनमै छन भन्ने कुनै स्थान छैन र भनेर पनि के गर्नु सुनी दिने कोहीछैन सबैले आ–आफ्नो दुनो सोज्याउने काम गरि रहका छन ।

हरेक मजदुर एका बिहानै उठ्ने बितिकै आफु बसेको ठाउँवरिपरि हेरछन बन्दाबन्दी खोल्छकी कतै काम गर्न पाइन्छकी भनेर, तर पुरा हुदैनन सपनाहरु यसरी नै बित्दैछन लाखौ मजदुरहरुका दिनहरु कसलाई थाहा छ कति पिडा लुकाएर बस्नु परेको छ मजदुरहरुले ।

दैनिक एक छाक सुक्का खानाको लागी हरेक दिन मालिक संग हात जोडनु परेकोछ र बालबालिका लेखानको लागी पसिना बगाउनु पर्छ तर आज पसिना बगाएर हात जोडेर पनि एक छाक सुखा खाना पाउने समय छैन ।

के थाहा महलमा बस्ने महलेदारहरुलाई मजदुरको दैनिकी कसरी बितिराखेको छ । अझै त्यसमा पनि कोरोना मजदुरको कारणले फैलिन्छ भनेर देश त्रसित बनेको छ ।

त्यति मात्र कहां होर मजदुरहरुको घरमा नखाने गास छ न बस्ने ठाउँछ तर सरकारले परिकल्पना गरि प्रविधिको प्रयोग गरेर विभिन्न बिधुतिय माध्यम द्धारा पठन पाठन कार्य सुरु गरेको कुरा छ । घरमा बस्ने ठाउँ छैन कसरी शिक्षा आर्जन गर्छन र कसरी समान शिक्षाको परिकल्पना गर्न सकिन्छ यो गरिब जीवनमा । जसरी कोरोनाको कारणले विश्ब त्रसित भएको छ त्यो भन्दा धेरै भोकले मरिन्छकी भन्ने चिन्ताले पिरोलेको छ ।

त्यो तिम्रो महलमा बिभिन्न किसिमका खानाका परिकार पाक्छन होला तर हाम्रो झुपडीमा बिहान बेलुकाके खाने भन्ने समस्या छ । के थाहा मजदुरहरुका पिडा, के थाहा बन्दाबन्दीले मजदुरलाई पारेको असर । तिमि त मुखले भन्छौ यसो गर्छु उसो गर्छु तर तिमिले सोचे जस्तो कल्पना गरे जस्तो छैन हाम्रो जिवनशैली, सडक पेटीमा हेर्नु कति मजदुरहरु अलपत्र परेका छन, देशको सिमामा हेर्नु कतिमजदुरहरु छन, मजदुर मजदुरले भरेको मेरो देशमा यिनै मजदुर उत्थानका लागी अहिले सम्म पनि कुनै वास्तविक कार्ययोजना छैन कसरी हुन्छ सरकार गरिब, दैनिक ज्यालादारी गरि खाने मजदुरको उत्थान ? हामीले कहिले सम्म हो यो पिडामा बस्नु पर्ने यो पिडा लुकाएर बस्नु पर्ने ?

भोकले मर्नु भन्दाबरु रोगले मर्नु बेश हुन्छकी भन्ने सोचको बिकास हुंदैछ । समाचार सुनिन्छ नेपालको कुल जनसंख्याभन्दा धेरै करोड राहत वितरण गरेको छरे कहाँ गएको छ। कस्ले पाएको छ, मजदुरले पाएकी पाएन भने कुरा कहिलै अनुगन गरेको छ ? किन यसरी हामी प्रती गैर जिम्मेवार बन्छौ ? गरिव निरिह जनताको मनको पिडा बुझ्न नसक्ने तिमि लाई सोझाजनता गरिब तथा मज्दुरको पाप लाग्छ ।

यदि सकिन्छ भने सहयोग र उत्थान गर सकिदैन भने हाम्रो घर परिवार तथा हामी लाई व्यवस्थापन गरि देउ बांचे तिरौला हामी लाई लगाएको लगानी,यदि मरी हाले भने मजदुरको लागी लगाएको लगानीहो भनेर इतिहास लेख्नु । महलमा बस्ने लाई के थाहा मज्दुरहरुका पिडा ?

सेत बहादुर भुल
अछाम

लेखक भुल सेवक नेपाल सुआहारा दोस्रो चरण अछामको फिल्ड संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker