संवैधानिक परिषद्को बैठक स्थगित

आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो ।
पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट पनि दबाब थियो ।
त्यस्तै कांग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो । भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क छ ।
यसअघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो । परिषद्को बैठक नबस्दा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस