Techie IT

बरियता पक्का भएपछि ओली पक्षको बैठकमा गए बादल


काठमाडौं ।

केपी शर्मा ओली पक्षीय नेकपाको बालुवाटारमा बसिरहेको केन्द्रिय समिति बैठकमा नेता रामबहादुर थापा सहभागी भएका छन ।

संसद विघटनपछि पार्टी विभाजनको श्रृंखलामा कतै नखुलेका बादल अध्यक्ष ओली पछिको बरियतामा पर्ने पक्का भएपछि खुलेका हुन । उनी वर्तमान सरकारका गृहमन्त्री समेत हुन ।

उनको सचिवालयले भने निकटका नेताहरुलाई बुधबार नै ओली पक्षको बैठकमा जाने पक्का भएको सुनाएका थिए ।

ओली पक्षले बादललाई दोस्रो बरियता दिने बताएको छ । बादल निकट मानिएका नेता देब गुरुङ र नेतृ पम्फा भुषालले भने उनलाई छाडिसकेका छन ।

हाम्रा कुरा डटकमबाट


क्याटेगोरी : राजनीति, राष्ट्रिय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!