Techie IT

निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा हुन्छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा हुने बताउनुभएको छ ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामामा बोल्दै निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा नटेकेको आफूलाई अहिले निरंकुशको संज्ञा दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू सँधै नागरिक सर्वोच्चता र स्वाभिमानका पक्षमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा चुनाव हुने दाबी पनि गर्नुभएको छ । नयाँ जनादेशका लागि चुनाव घोषणा गरेको भन्दै चुनावको मितिमा कुनै तलमाथि नहुने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले चुनावमार्फत् यसको जवाफ पाउने भन्दै अहिले पार्टीमा शुद्धिकरणको काम भइरहेको दाबी गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!