कांग्रेसले संविधान बचाउँछ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।
वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’
उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस