नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दै, तीन लाख मानिस उतार्ने दावी

प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदैछ ।
आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने बताएको ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्याली निकालेको थियो ।
ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दाबी छ । ओली समूहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अशोभनीय भएको दाहाल–नेपाल समूहका नेताहरुको भनाइ छ ।
दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बोल्दै ओली राजवादीहरुको भीडमा बसेको आारोप लगाउनुभएको थियो । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनुभएको थियो ।
यता नेकपाको ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप काठमाडौँमा मार्चपास गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस