रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहकाे माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत बोलेकै भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु राज्यको मनलाग्दी कार्य भएको र यसले कानुनी शासनको खिल्ली उडाएको बताउनुभएको छ ।
राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर पूर्वाग्रह र स्वेच्छाचारिता भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई राज्यले खोस्न नमिल्ने भन्दै पक्राउको निन्दा तथा भत्सर्ना गरिएको छ ।
‘नेपालकाे संविधानले प्रत्याभूत गरेकाे अभिव्यक्ति स्वतन्त्रताकाे खिल्ली उडाउँदै गरिएकाे यस गिरफ्तारीले वर्तमान सरकारकाे घाेर अलाेकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गाे पारेकाे छ’, विज्ञप्तिमा भनिएकाे छ ।
केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस