नेकपा प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाँदै

आधिकारिकता विवादलाई थाती राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ ।
आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आज निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो ।
तर, दुई महिना बित्दा पनि कानूनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्किचाएको बताएको छ ।
यसअघि माघ २० मा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी आधिकारिकताको दाबी गर्दै बुझाएको निवेदनमा निर्वाचन आयोगले कुनै प्रक्रिया अघि नबढाएको भन्दै प्रचण्ड–नेपाल समूह आयोग जान थालेको हो ।
आवश्यक सबै कागजात बुझाइसक्दा पनि कुनै सुनुवाइ नगरी अर्को पक्षले दिएको निर्देशन खुरुखुरु पालना गर्नुले आयोगको निष्पक्षतामाथि समेत आशंका बढेको प्रचण्ड नेपाल समूहको भनाइ छ ।
निर्वाचन नै हुने भए पनि टुंग्याउनुपर्ने दलसम्बन्धी विवादलाई निरुपण नगरी अगाडि बढ्दा आयोगलाई नै समस्या हुने विषयलाई नजरअन्दाज गरिएको त्यससमूहले बताएको छ ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस