सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच वार्ताको तयारी

सरकार र झण्डै दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको तयारी शुरु भएको छ ।
विप्लव समूहसँग वार्ताका लागि सरकारले आन्तरिक तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको तयारी थाल्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले वार्ताका लागि सम्पर्क सूत्रका रुपमा काम गरिरहनुभएको छ । हिजो मात्रै विप्लव समूहका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।
मन्त्री थापाले १८ दिनअघि नख्खु जेलमा पुगेर उक्त पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेट्नुभएको थियो ।
सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
हिजो विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ता सफल हुने बताउनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस