Techie IT

सुरक्षा परिषदको बैठक बोलाइयो


प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाउनु भएको छ ।

मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य हुनुहुन्छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्ने तय भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस