ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ : डा. रावल

नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पदमा रहने सबै आधार समाप्त भएकोले तुरुन्तै राजीनामा गर्नु पर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार लेख्दै नेता रावलले सर्वोच्च अदालतले ओलीको प्रतिनिधि सभा विगठनको कदमलाई स्वेच्छाचारी र असंवैधानिक ठहर गरेको समेत उल्लेख गरेका छन् ।
डा. रावलले ओलीको निरंकुश कार्यका विरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई समेत दिएका छन् ।
नेता रावल सर्वोच्चको फैसलाको स्वागतमा धनगढीको चटकपुरस्थित नेकपाको प्रदेश कार्यालयमा आयोजित दीप प्रज्वलनमा सहभागी थिए ।
सो कार्यक्रममा प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष भानुभक्त जोशी , मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस