सत्ता समीकरणका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेकपा विभाजन भएको अवस्थामा सत्ता समीकरणका लागि निर्णायक मानिएको नेपाली कांग्रेस आन्तरिक छलफलमा जुट्दैछ ।
सत्ता सहकार्य बारे छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । हिजो नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेर सत्ता सहकार्यका लागि आग्रह गरेपछि पार्टीभित्र छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो ।
देउवाले हिजो प्रचण्ड–नेपाललाई पार्टीमा छलफल गरेर जवाफ दिने बताउनु भएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ ।
संसद् विघटनको निर्णय बदर भएर संसद् सञ्चालन भएसँगै सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ । हाल नेकपाको ओली समूह र प्रचण्ड–नेपाल दुवै समूहले नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।
कांग्रेस सभापति देउवाले स्पष्ट नबताए पनि देउवा इतरका नेताले कुनै पनि हालतमा संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने ओली समूहसँग सहकार्य हुनै नसक्ने बताएका छन् । तर नेकपा आधिकारिक रुपमा विभाजन नभएसम्म भने कांग्रेसको सत्ता सहकार्य कठिन देखिएको छ ।
प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसदमध्ये कांग्रेसका ६३ जना छन् । नेकपाका १ सय ७४ मध्ये ९० जना प्रचण्ड नेपाल समूहले आफ्नो पक्षमा रहेको बताएको छ । जसपाका ३४ सांसद छन् । प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस