अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन प्रचण्ड–नेपाललाई ओली समूहले दियो चुनौती

नेकपाको ओली समूहले अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएको छ ।
सरकारका उपप्रधानमन्त्री एवं ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै हिम्मत भए अविश्वास प्रस्ताव ल्याएर हटाउन सार्वजनिक मञ्चबाटै चुनौती दिनुभएको हो ।
ओली समूह निकट अनेरास्ववियूको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने र परिणाम स्वीकार्ने बताउनुभयो ।
प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेससहित धेरै जसो राजनीतिक दलले राजीनामा मागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राजीनामा नदिने प्रष्ट पार्नुभयो । संसद बोलाएर सबै कुराको सामना गर्ने तयारीमा आफूहरु रहेको पनि पोखरेलले बताउनुभयो ।
ओली समूहका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनर्स्थापनासँगै अब आन्दोलन संसदमा केन्द्रीत भएको र त्यसै अनुसार आफ्नो पार्टी सरकार अघि बढ्ने बताउनुभयो । रायमाझीले धेरै प्रचण्ड–नेपाल समूहलाई धेरै उत्साहित नहुन र मैदान खाली भएको नठान्न चुनौती दिनुभयो ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई हटाउन अरु दलसँग दौडधुप गरिरहेका बेला ओली समूहले सरकारविरुद्ध हुने सबै प्रयासको प्रतिवाद गर्ने सार्वजनिक रुपमै चेतावनी दिएको हो ।
पहिले संसद विघटन गरेर जाने प्रयास गरेको ओली समूहले नयाँ चरणमा फेरि संसदबाट लड्ने चुनौती दिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस