Techie IT

नेकपा (बिप्लव )द्वारा शहिद सप्ताह कार्यक्रम सम्पन्न


बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले शहिद सप्ताहको अवसरमा रामारोशन गाउँपालिकाको भटाकाटियामा शहिद परिवारलाई सम्मान गरेको छ ।

शहिद सप्ताहको अवशरमा रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका २३ जना शहिद परिवारलाई सम्मान गरिएको जनाईएको छ ।

बिज्ञान साउदको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता प्रतिक प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा युवा संगठनका संयोजक शुसील लगायतका अतिथि रहेका आजको संस्लेशनका पत्रकार सुरेश साउदले जानकारी दिनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस