केपी ओली ‘लुरे’ प्रधानमन्त्री : गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।
आज सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्धारा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले प्रधानमन्त्री आफैले ‘मेरो जीउज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले हिजो पोखरा पुगेर ‘ममाथि तलमाथि भए अच्चम्म माग्नु पर्दैन’ भन्ने अभियुक्त दिनुभएको थियो । सोही कुरालाई इंकित गर्दै काँग्रेस केन्द्रीय सदस्य थापाले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु लज्जास्पद रहेको भन्दै ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको हो । ओलीको बोलीको ठेगानै नरहेको थापाको आरोप छ ।
उहाँले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गरेर ओलीका गलत हर्कतहरुलाई साथ दिइरहेको पनि आरोप लगाउनुभयो । पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको भन्दै काँग्रेस केन्द्रीय सदस्य थापाले यसअघि अहिले विरोध गरेपनि पहिले भने प्रचण्ड–माधव समूहका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कामकारवाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताउनुभयो ।
उहाँले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निम्ती उभिन जरुरी रहेकोमा जोड दिनुभयो ।
सभालाई पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायलगायतले सम्वोधन गर्नुभयो । पार्टीको ४ नं. क्षेत्रका क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षताको आयोजित कार्यक्रममा झण्डै २ हजारको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेसमा भित्रिएका कार्यक्रम संचालक एवं प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले दावी गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस