अनेरास्ववियु अक्सफोर्ड कलेज कमिटीको एकता सम्मेलन सम्पन्न

अक्सफोर्ड कलेज कमिटीको एकता सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
कलेज कमिटी अध्यक्ष गणेश धामीको अध्यक्षता भएको सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु सिटिइभिटीका नेता हर्क बहादुर बम रहनुभएको थियो ।
सम्मेलनमा विशिष्टअतिथिद्धय सिटिइभिटीे उपत्यका कमिटी नेताहरू वीरेन्द्र विष्ट, मनुसिंह धामी, जगत भण्डारी रहनुभएको थियो ।
कलेज कमिटीको एकता सम्मेलन मार्फत कलेजको नयाँँ कलेज कमिटी गठन गरिएको छ ।
गणेश धामीको अध्यक्षतामा गठन गरिएको नया कार्यसमितिमा सन्दीप विश्वकर्मा, मेघराज महतारा, खेमराज सन्डयाल, तारा देव समर्गी, कपिल देव खत्री उपाध्यक्ष हुनुहुन्छ ।
सचिवमा भरत थापा, सह सचिवमा सन्तोष रावल, कोषाध्यक्ष जुन वलि लगायत २१ जना सम्मिलित नयाँ कमिटी गठन गरिएको कलेज कमिटीका अध्यक्ष गणेश धामीले जानकारी दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका सिटिइभिटी राष्ट्रिय कमिटी सदस्य देवेन्द्र बहादुर बुढा लगायत उपत्यका कमिटी नेताहरूको सहभागिता रहनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस