Techie IT

ओलीपक्षीय संसदीय दलको बैठक सकियो : ११५ सांसद उपस्थित भएको दाबी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्मन्न भएको छ ।

शनिबार बालुवाटारमा बोलाइएको बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । बैठकमा ११५ सांसद उपस्थित भएको खिमलाल भट्टराईले दाबी गर्नुभयो । उहाँका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रिय सभाका सदस्यले वैठकमा उपस्थिति जनाएका हुन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बसेको थियो । उक्त पक्षले पनि ११५ सांसद उपस्थित भएको दाबी गरेको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १ सय ७३ जना सदस्य छन्। सानु शिवाको निधनपछि नयाँ नियुक्ति नहुँदा एक पद रिक्त छ। ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ जना सांसद छन्। दुवै सदन गरेर २ सय २२ सदस्य छन्।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस