अब संसदमा नयाँ खेल शुरु हुन्छ– नेता खनाल

सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब नयाँ खेल शुरु हुने बताउनु भएको छ ।
बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । उहाँले यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताउँदै भन्नुभयो ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’
यो सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गर्दै संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भएको प्रतिक्रिया दिनु भयो ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस